Ad Area

सरकारका नवनियुक्त पदाधिकारीलाई नागरिक समाजको बधाई


घोराही, ७ माघ । नागरिक समाज दाङले मंसीर ४ गते सम्पन्न आम निर्वाचनमार्फत निर्वाचित सदस्यहरुको चयन पश्चात् नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीलगायत प्रदेश सभा प्रमुख, मुख्यमन्त्री, मन्त्री चयन भएकोमा बधाई ज्ञापन गरेको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा शनिवार घोराहीमा बसेको नियमित बैठकले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउँदै सुशासनयुक्त शासन व्यवस्था कायम भै विकासले गतिलिने सकोस् भन्ने कामना पनि गरेको छ । लुम्बिनी प्रदेशको समग्र विकास र सुशासनका लागि मुख्यमन्त्री लिला गिरीसमक्ष आवश्यक बुँदासहित यथाशीघ्र ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

यसैगरी माघ १ गते पोखरामा यति एअरलाईन्सको विमान दुर्घटनामा परी दिवंगत भएका सम्पूर्णमा श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad