Ad Area

प्रदेशस्तरीय पर्यटन तथा कृषि प्रदर्शनी गरिने


दाङ, १२माघ । घोराहीमा लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु, पर्यटन कृषि प्रदर्शनी २०७९ हुने भएको छ । घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा आउँदो फागुन ३ गतेदेखि १३ गतेसम्म प्रदर्शनी सञ्चालन हुने भएको छ । प्रदर्शनी घोराही उपमहानगरपालिका वडा नं. १४ को झिँगौरामा सञ्चालन हुनेछ । आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार लुम्बिनी प्रदेशको संमृद्धिको आधार’, भन्ने मुख्य नारा तय गरिएको छ । लघु तथा घरेलु उद्योग र कृषि क्षेत्रबाट उत्पादन भएका वस्तुको उचित बजारीकरण सहित गुणस्तरीयताको पहिचान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा प्रचार–प्रसार गर्ने घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदीप मजगैयाँले बताए ।

स्थानीय स्तरमा लघु तथा घरेलु उद्योगले उत्पादन गरेका वस्तुको पहिचान गरी, कृषि तथा उद्योगहरूमा प्रयोग हुने आधुनिक प्रविधिको जानकारी सहति आन्तरिक एवम् बाह्य पर्यटनको टेवा पु¥याउने, स्वदेशी उत्पादनको प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला, संस्कृति, सभ्यता र यहाँको मनमोहक प्राकृतिक सम्पदालाई राष्ट्रिय रूपमा चिनाउने, कृषिको आधुनिकीकरणको लागि कृषि प्रविधिको प्रदर्शनी गर्ने, स्थानीय स्तरमा रहेका बेरोजगार एवम् विपन्न युवाहरूलाई समावेश गराइ वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्दै स्वदेशमै गर्न सकिने सम्भाव्य सीपहरूको अध्ययन, अनुसन्धान गरी सीपमूलक तथा उद्यम विकास तालिमहरू समेत सञ्चालन गरिने अध्यक्ष मजगैयाले बताए ।

 प्रदेशभरबाट घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरू समावेश गरिने उनले बताए । महोत्सवमा १ सयवटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा करिब १ लाखले अवलोकन गर्न अपेक्षा गरिएको छ । प्रदर्शनीमा लघु, घरेलु, कृषि महिला उद्यमशीलता, पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका गरी ३ सयदेखि ३ सय ५० वटा स्टल रहनेभएका छन् । प्रदर्शनीमा स्थानीय कलाकार तथा राष्ट्रिय प्रस्तुती रहने भएको छ । प्रदर्शनीमा प्रवेशका लागि १ सय रूपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

विद्यार्थी तथा ग र घ वर्गका अपाङ्गहरूलाई परिचय–पत्रको आधारमा ५० रूपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पूर्णअशक्त, अतिअशक्त अपाङ्गता भएकाहरू र ज्येष्ठ नागरिकलाई परिचय–पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिने भएको छ । पत्रकार सम्मेलनको सहजीकरण नवीन प्रोख्रेलले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad