Ad Area

साना किसान तथा युवा उद्यमशिलता बिकास साझेदारी परियोजना


दाङ, १५ माघ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर प्रोजेक्ट नेपालबिच कृषि र पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास साझेदारी परियोजना सम्झौता  भएको छ ।

साझेदारी परियोजना सम्झौता अन्तर्गत दाङ जिल्लाको राजपुर र गढवा गाउँपालिकामा परियोजना कार्यक्रम संचालन हुनेछ । सम्झौता कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरी, हेफर ईन्टरनेशनल नेपालका अन्तरिम राष्ट्रिय निर्देशक डा तिर्थराज रेग्मी, हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय कार्यक्रम प्रबन्धक प्रकाश केसी र हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्यको उपस्थितिमा कार्यक्रम भएको थियोे ।

हेफर ईन्टरनेशनल नेपालसँग सन् २००९ देखि परियोजनामार्फत सहयात्रा गर्दैृै आएको यस संस्थाले ग्रामीण समुदायका बिपन्न, अल्पसंख्यक, सिमान्तकृत लगायत पछाडी पारिएका समुदायलाई शसक्त गराउनका लागी अनेकन कामहरु समुदाय केन्द्रित भएर कामहरु गर्दै आएको छ । संस्थाका बसन्ता पुनको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सुचना अधिकारी पार्वती बस्नेतले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad