Ad Area

लुम्बिनी प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुदै


दाङ,१९ माघ । लुम्बिनी प्रदेशस्तरीय थ्री ‘ए’ साईट बास्केटबल प्रतियोगिता २०७९ शुक्रबारदेखि सुरु हुदैछ ।

दाङ जिल्ला बास्केटबल संघको आयोजनामा संचालन हुने प्रतियोगिता घोराही १८ सालघारी बास्केटबल कोर्डमा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बिहान साढे सात बजे गरिने तय भएको छ ।

दुई दिनसम्म चल्ने प्रत्योगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १० टिमको सहभागिता रहने जिल्ला बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसीले जानकारी दिएका छन् । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,ट्रफी,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता टिमले नगद १५ हजार,ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको व्यक्तिगत बिधातर्फ खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सर्वोउत्कृट खेलाडि र एक जना उदयमान खेलाडी घोषित गरि ट्रफी प्रदान गरिने अध्यक्ष केसीले जानकारी दिएका छन् ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा दाङ जिल्ला बास्केटबल संघ र सोल्टी स्क्वार्ड घोराही भिड्नेछन् । खेल साढे ८ बजे हुने आयोजकले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad