Ad Area

राष्ट्रियसभा उपनिर्वाचनमा २ सय बढी मतदान


घोराही, २५ माघ । राष्ट्रियसभा उपनिर्वाचनमा दिउँसो १२ बजेसम्म करिव दुई सय मतदान भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म २ सय २३ जनाले मतदान गर्नुभएको हो ।

राष्ट्रियसभा सदस्यका लागि ६७ जना प्रदेश सभा सदस्य र १ सय ६६ जना स्थानीयतह प्रमुख÷उपप्रमुखले मतदान गर्नुभएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनुभएको छ ।

निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरका अनुसार निर्वाचनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँण केसी, प्रदेशसरकारका प्रवक्ता चेतनारायण आचार्यलगायतकाले मतदान गरिसक्नु भएको छ । लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३ सय ५ रहनु भएको छ । जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ ।

राष्ट्रियसभा मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउसो ३ बजेसम्म चल्ने छ । उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ । निर्वाचनको मतगणना कर्मचारी मिलन केन्द्रकै हलमा व्यवस्था मिलाइएको छ ।

Blog Post Ad Blog Post Ad