Ad Area

राष्ट्रियसभा उपनिर्वाचनमा ३०४ मत खस्यो, एक मत खस्न बाँकी


घोराही, २५ माघ । राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय बढी मत खसेको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ : ३० बजेसम्म ३ सय ४ जनाले मतदान गर्नुभएको हो ।

लुम्विनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख २ सय १७ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । अव स्थानीय तह अन्तर्गत रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मात्रै मतदान गर्न बाँकी रहनुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख÷उपप्रमुख गरेर ३ सय ५ जना मतदाता रहनुभएको थियो । जसमा प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ । निर्वाचनका लागि बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ । निर्वाचनको मतगणना कर्मचारी मिलन केन्द्रकै हलमा व्यवस्था मिलाइएको छ ।

Blog Post Ad Blog Post Ad