Ad Area

समयसँगै मुद्रण व्यवसाय परिस्कृत गरौँ


दाङ, १३ कार्तिक । मुद्रण उद्योग संघ दाङको सातौँ अधिवेशन तथा तेस्रो साधारण सभा शनिबार घोराहीमा सम्पन्न भएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले समय परिवर्तनसंगै व्यवसायलाई पनि अभिवृद्धि गरेर व्यावसायिक रुपान्तरण गर्दै अगाडि बढनु पर्नेमा जोड दिनुभयो ।

प्रविधिको विकाससंगै अहिले मुद्रण उद्योग समस्यामा पर्दै जान थालेको भन्दै यस तर्फ समय मै सचेत हुनु पर्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण तिवारीले व्यवसायलाई अगाडि बढाउन योजना निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । नयाँ योजनाका साथ अगाडि बढ्न नसक्दा व्यवसाय संकटमा पर्ने उनको भनाई थियो । संघलाई बलियो बनाउन सबै मिलेर अगाडि बढ्नु पर्ने उहाँले आग्रह गरे । उनले भने, ‘हामी चप्पल लगाउनेबाट जुत्ता लगाउनेमा कहिले जाने हो ?’ मरिमेटी काम गर्ने तर नाफा अरुले कमाउने प्रवृत्तिबाट अब सबैले आँखा खोल्नुपर्छ । यसका लागि एकत्रित भएर मुल्यमा एक रुपता कायम गर्न आवश्यक रहेको बताए ।

मुद्रण संघले अब आफनो व्यवसाय मात्र नभइ उद्योगमा काम गर्न मजदुरका विषयमा समेत आवाज उठाउनु पर्ने समय आएको उहाँको सुझाव थियो । उनले भने, ‘मजदुरलाई खुसी पारेर मात्र हामी अगाडि बढन सक्छौ, बेलैमा सोँचौँ ।’ जसको श्रम र लगनशीलताले व्यवसाय चलेको छ उसलाई उच्च सम्मान गर्नुपर्नेमा उनको धारणा थियो ।

संघका लुम्विनी प्रदेश अध्यक्ष कृष्ण पराजुलीले मुद्रण व्यवसाय घरासयी हुँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरे । प्रविधिको विकास यसै व्यवसाय घरासयी बन्दै गएको उनको भनाइ रहेको छ । मुद्रण उद्योगीहरुले गर्ने कामलाई परिवर्तन गदै अगाडि बढ्नु पर्नेमा उनको आग्रह थियो । अहिले उत्पादन मुल्य बढी हुँदा व्यवसायीहरुलाई समस्या हुने गरेको उनको भनाई थियो ।

संघका लुम्विनी प्रदेश अध्यक्ष गिरीराज आचार्यले व्यवसायीहरु विच अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने धारणा राखे । व्यवसायीहरु बीच अस्वस्थ प्रतिष्पर्धाले व्यवसायीहरुलाई नै घाटा हुने बताए । पछिल्लो समयमा विकास भएका प्रविधिका बारेमा जानकारी लिएर काममा गुणस्तरीयता बनाउन सक्नु पर्ने उनको भनाई थियो ।

संघका सल्लाहकार प्रताप रेग्मीले व्यवसायीहरुले दर रेट निर्धारण गरेर अगाडि बढनु पर्ने बताए । यसले एकरुपता ल्याउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । संघका जिल्ला उपाध्यक्ष हरिभक्त डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद ज्ञापन कोषाध्यक्ष बालगोविन्द चौधरीले गरेका थिए भने कार्यक्रमको सहजिकरण सचिव दीपक आचार्यले गरेका थिए ।

Blog Post Ad

संघका जिल्ला अध्यक्ष प्रेमप्रसाद सुवेदीको अध्यक्षतामा भएको अधिवेशनमा संस्थागत विकासमा योग्दान पुर्याएको भन्दै नारायणप्रसाद शर्मा, रामप्रसाद पौडेल, चिन्तामणि आचार्य र डोमलाल पौडेललाई एक समारोहका बीच सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad