Ad Area

फेडवासन दाङका अध्यक्षमा पुनः ध्रुब ठकुरी


घोराही, २७ माघ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) दाङ शाखाका अध्यक्षमा पुनः ध्रुब ठकुरी चयन हुनुभएको छ । तेस्रो अधिवेशनले ठकुरीको अध्यक्षतामा सर्वसहमत नया नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सीतादेवी चौधरी, सचिवमा केशव दाहाल, कोषाध्यक्षमा गोमा आले, सहसचिवमा बलदेव मल्ल चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा गुरु प्रसाद ज्ञवाली, कुल प्रसाद रजौरे, बिमल बस्नेत, शिवा चौधरी, डिल कुमारी केसि,सुर्य प्रकाश राना, भिम बहादुर बस्नेत, उमा बस्नेत चयन हुनुभएको छ ।

कार्यक्रममा खानेपानी डिभिजन कार्यलय दाङका प्रमुख भोला प्रसाद थापा, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक श्री थान प्रसाद गैरे, सस्थापक समन्वय कर्ता कमल गौतम, खानेपानी सरसफाइ उपभोक्ता महासंघका निवर्तमान अध्यक्ष पुष्पा श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले आफ्ना भनाई राख्नुभएको थियो । सहसचिव बलदेव मल्लको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन शाखाका सचिव केशव दाहालले गर्नुभयो ।

 

Blog Post Ad Blog Post Ad