Ad Area

सगरमाथाको २९औँ वार्षिकोत्सव सम्पन्न


दाङ, २७ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

शुक्रबार विद्यालयले एक समारोहको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष हिमलाल रानाको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सत्रमा प्राप्त गरेका उपलब्धिका पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै वार्षिकोत्वका अवसरमा आयोजना गरिएको खेलकुद सप्ताहमा उत्कृष्ट हुने सदन तथा विद्यार्थीहरूलाई पनि पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम विद्यार्थीहरूले चेतनामूलक नाटक, तेक्वान्दो, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विभिन्न जातजाति तथा भूगोलका प्रतिनिधित्व गर्ने नृत्यले सांस्कृतिक महोत्सवको झल्को दिएका थिए।

कार्यक्रममा अभिभाहरूले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल पोषण न्यौपानेले शैक्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरी, विशिष्ट अतिथि तथा प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावत, अतिथि प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द्र चन्द लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कक्षा १० की छात्रा इशा यादवले पनि मन्तव्य राखेकी थिइन् ।

Blog Post Ad

सञ्चालक समितिका सदस्य बसन्त बहादुर जिएमको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण शिक्षिका पुनम जिएमले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad