Ad Area

दाङ कांग्रेस क्षेत्र नम्बर २ (१) ले आज क्षेत्रीय सम्मेलन गर्दै


घोराही, २८ माघ । नेपाली कांग्रेस दाङ प्रदेश सभा क्षेत्र नम्बर २ को (१) ले आफ्नो क्षेत्रमा गरेका कामको वार्षिक समिक्षासहित पार्टीमा रही योगदान पुर्याउनु भएका अग्रजहरुलाई सम्मान गर्दैछ । क्षेत्र नम्बर २ को (१) का सभापति प्रकाश श्रेष्ठले शुक्रबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको विधान अनुसार हरेक वर्ष आफ्नो तहमा गरेका कार्यक्रमको वार्षिक समिक्षासहित संगठनमा रही योगदान पुर्याउनु भएकाहरुलाई सम्मान गर्न लागिएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार आज शनिबार घोराहीको एक होटलमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । उदघाटन सत्रमा पार्टीको सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने वर्तमान र आगामी योजनाका बारेमा छलफल हुने उहाँले बताउनुभयो ।

यसैबीच, कार्यक्रममा संगठनमा रही लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका साविक गाविस संस्थापक सभापति , जेष्ठ क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्यमा पनि जेष्ठमा एक–एक जनालाई तथा अग्रज नेतालाई पनि सम्मान गरिने भएको छ भने प्रदेश २ (१) मा पर्ने भातृ संस्थाका संस्थापक अध्यक्षहरु, सहिद परिवारका सदस्यलाई सम्मान गर्न लागिएको बताउनुभयो ।

कार्यक्रमको दोश्रो सत्रमा बन्द सत्रमा वडा नम्बर १५ का ३ सय ७ जना क्षेत्रीय प्रतिनिधि बिच छलफल गरि प्रतिवेदन पारित गर्ने र आगामि योजना पारित गर्ने उहाँको भनाई छ । क्षेत्र नम्बर २ को (१) ले घोराहीका ७, बंगलाचुलीका ८ वटा गरि १५ वटा वडाको सम्मेलन गरिसकेको छ । वडा सम्मेलनदेखि पालिका सम्मेलन सकिएको हुँदा विधान अनुसार क्षेत्रीय सम्मेलन गर्न लागिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad