Ad Area

वन कार्यालयका फरेष्टरसहित ६ जनाका विरुद्ध भ्रष्टाचार मुद्दा


दाङ, २८ माघ । सल्यानको कालिमाटी सव–डिभिजन वन कार्यालयका फरेष्टरसहित ६ जनाका विरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको छ । फरेष्टर जय पृथ्वीराज वुढाथोकी, सहायक वन अधिकृत मनोज शर्मा लम्साल, महिला वन समूहका अध्यक्ष भिमबहादुर कवर, कोषाध्यक्ष जुद्द कुमारी वली, सचिव पुष्पाकुमारी खासु मगर दुर्गा ट्रेडर्स सप्लायर्स, बबई गाउँपालिका–४ का दुर्गा प्रसाद वलीका विरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आरोपीहरु माथि तुल्सीपुर–पुरन्धारा–वोटेचौर सडक खण्डको स्तरोन्नतिको क्रममा हटाइएका रुखहरुको वास्तविक परिमाणमा भन्दा कम नापजाँच गरी लगत तयार गरेको आरोप छ । लगत संकलनका क्रममा १५ वटा रुखहरुको उत्पादित काठ घाटगद्दी नगरेको अख्तियारले बताएको छ ।

अख्तियारले फरेष्टर बुढाथोकीलाई दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैँया, सहायक वन अधिकृत शर्मालाई एक लाख, वन सूमहका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैँया, र सप्लायर्सलाई पनि दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैँया बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आरोपी विरुद्ध मंगलबार मुद्दा दायर गरेर अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad