Ad Area

कांग्रेस क्षेत्र नं.२ (क)को प्रथम प्रदेशसभा सम्मेलन


दाङ, २८ माघ । नेपाली कांग्रेसका पूर्व उपसभापति एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीमा नयाँ पुस्ताको आकर्षणसँगै पार्टीलाई बचाई राख्नका लागि विधि संम्वत रुपमा चलाउनुपर्ने बताएका छन । पार्टी नेतृत्वले परिवर्तित सन्दर्भमा नयाँ पुस्ताको भावनालाई नबुझ्ने र पार्टीलाई बिधि संम्वत रुपमा चलाउन नसक्ने हो भने कांग्रेसको ठाउँ अरु पार्टीले लिने बताएका हुन ।

नेपाली कांग्रेस दाङ क्षेत्र न २ (क) को प्रथम प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई शनिबार घोराहीमा सम्वोधन गर्दै नेता सिंहले पार्टीलाई निती र विधिसंम्वत रुपमा चलाउँदै संगठन निर्माणमा ध्यानुदनपर्ने आवश्यकता रहेको बताएका हुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले कांग्रेसलाई बलियो र संगठित पार्टी बनाउनका लागि विरोध गर्नुभन्दा पनि सवै मिलेर लाग्नुपर्ने आश्यकता रहेको बताए ।

सम्मेलनमा बोल्ने अन्य बक्ताहरुले पार्टी र नेतृत्वप्रति आक्रोश भन्दापनि समस्या पहिचान गरेर सबै तहबाट पार्टी र संगठन निर्माणका लागि लाग्नुपर्ने बताएका थिए । उनीहरूले भातृ संघसंगठनलाई चुस्त र दुरुस्त बनाउदै युवाहरुलाई पार्टी आकर्षण गर्नेगरी कार्यक्रम बनाएर पार्टी बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति एव प्रदेशसभा सदस्य राजु खनाल, महासमिति सदस्य तथा राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटा, कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता एवं प्रदेशसभा सदस्य प्रचण्डबिक्रम न्यौपाने, प्रदेशसभा सदस्य लोका बिश्वकर्मा, कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेय,नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व प्रदेशका सिचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ, महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र न २ (ख) का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस क्षेत्र न २ का सचिव हिमबहादुर डाँगी, कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं. २ (क)का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनमा सचिव माया पोख्रेलले संगठनिक प्रतिबेदन र कोषाध्यक्ष नारायण भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उपसभापति पूर्ण मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेशसभा क्षेत्रीय सचिव शिशिर अधिकारीले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad