Ad Area

प्याब्सन आधारभुतस्तरीय फुटबल प्रतियोगिता सुरु


दाङ, २८ माघ । प्याब्सन आधारभुतस्तरीय फुटबल प्रतियोगिता २०७९ शनिवारदेखि दाङको बेल्झुन्डीमा सुरु भएको छ ।

निजी तथा आवासीय अर्गनाइजेसन प्याब्सन तुलसीपुर नगरको आयोजनमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले खेलकुद राष्ट्रको सान र पहिचान भएको बताए ।

शारीरिक रुपमा स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो खेलकुद हो,यसले सिङ्गो राष्ट्रको गौरव लाई अन्तरास्ट्रिय जगतमा पहिचानका रुपमा स्थापित गरेकोछ उनको भनाई थियो । खेलकुद आमनागरिकको पहुँचमा हुन आवश्यक छ यसका लागि स्थानीयस्तरबाटै खेलकुदको बिकास र बिस्तार गर्ने दायित्व र जिम्मेवारीका साथ आफू लागि पर्ने उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य,प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी,नेशनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्की,अप्टिमिस्ट तुलसीपुर अध्यक्ष मान बहादुर बस्नेत लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरका थिए ।

कार्यक्रम प्याब्सन तुलसीपुर नगर अध्यक्ष गिरिराज डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लको बिशिस्ट आतिथ्यमा भएको थियो ।

प्याबसन तुलसीपुर नगर उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न कला संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन प्याब्सन तुलसीपुर नगर सचिव विष्णु योगिले गर्नु भएको थियो ।

Blog Post Ad

यसैबिच प्रतियोगिताको उद्घाटन समारोह लगत्तै सहभागी बिधालयका प्रिन्सीपल र पत्रकार बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम सुन्यका विरुद्ध ३ गोलले बिजयी भएको थियो ।
फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने बिधालयले क्रमशः नगद ९ हजार,७ हजार, ५ हजार कप मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।त्यस्तै ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने बेस्ट प्लेयर,बेस्ट किप्पर, बेस्ट डिफेन्स,हाई स्कोरर खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा २७ बिधालयका फुटबल टिमको सहभागी रहेको छ ।

Blog Post Ad Blog Post Ad