स्थापना दिवसमा मैत्रीपूर्ण प्रतियोगीता

दाङ, २ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो स्थापना दिवस तथा साधारणसभाको अवसरमा व्यवसायीहविच मैत्रीपूर्ण प्रतियोगीता आयोजना गर्ने भएको छ ।
संघको बैठकले स्थापना दिवस तथा साधारण सभामा मैत्रिपूर्ण प्रतियोगीता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले रक्तदान, फुटवल, हाजिरी जवाफ, दौड, बोरादौड प्रतियोगीता गर्ने निर्णय गरेको छ । खेलको माध्यमवाट व्यवसायीहरुलाई आपसमा परिचयात्म तथा रमाइलोको लागि मैत्रीपूर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिएका छन । जसका लागि जिम्मेवारी समेत प्रदान गरेको छ । रक्तदानका लागि सदस्य जुद्धवहादुर घर्ती (जगत) को संयोजकत्वमा लिलाराम खड्का र एकनारायण पौडेल सदस्य रहेको समिति निर्माण गरेको छ ।
फुटवल प्रतियोगीताका लागि माधव खनालको संयोजकत्वमा जगतप्रसाद आचार्य र विकास वली सदस्य रहेको समिति गठन गरेको छ । हाजिरी जवाफ प्रतियोगीताका लागि भरतप्रसाद रेग्मीको संयोजत्वमा ज्ञानबहादुर फौदार क्षेत्री र मित्रदेव अधिकारी सदस्य रहेको समिति गठन गरेको छ । दौड प्रतियोगीताका लागि विनोद पाण्डेको संयोकत्वमा लिलालाम खड्का र सन्तोष सोनी सदस्य रहेको समिती गठन गरिएको छ । बोरा दौडको लागि देवकला वस्नेतको संयोजकत्वमा विष्णुप्रसाद रिजाल र विष्णुप्रसाद गौतम सदस्य रहेको समिति गठन गरिएको छ ।
अतिथी सत्कार संघका अध्यक्ष निवर्तमान अध्यक्ष र पूर्व अध्यक्ष सदस्य रहेको समिति गठन गरिएको छ । मञ्च व्यवस्थापन, जलपान तथा निमन्त्रण समिती वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजकत्वमा उद्योग उपाध्यक्ष अनिल आचार्य र वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल सदस्य रहेको समिति गठन गरिएको छ । पुस्कार छनोट समितिमा संघका अध्यक्ष टंकसिंह वुढाथोकीको संयोजकत्वमा महासचिव महेन्द्र वुढाथोकी र निर्वतमान अध्यक्ष नारायणप्रसाद भुसाल सदस्य रहेको समिति गठन गरिएको छ ।
बैठकले नया वर्षको क्यालेन्डर प्रकाशनका लागि वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलको संयोजकत्वमा सचिव नरेश श्रेष्ठ, जगतप्रसाद आचार्य, विकास वली र माधव खनाल सदस्य रहेको समिती गठन गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिएका छन । संघको स्थगापना दिवस चैत ९ गते र साधारण सभा चैतको ११ गते हुने भएको छ । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।